भ्रष्टाचारीलाई जेलमा अनपयुक्त सुविधा बन्द गरिनेछ- प्रधानमन्त्री खान

सोमवार, साउन ६, २०७६



एजेन्सी । तीन दिने अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आइतबार वासिङ्गटन डिसीमा पाकिस्तानी नागरिकहरुलाई सम्बोधन गरेका छन् । उनले सम्बोधनमा पाकिस्तानको पूर्व प्रधानमन्त्री नवाज शरिफको जेलमा रहेको एयर कन्डिसन र टिभी हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाकिस्तानी मिडियाहरुको अनुसार पूर्व प्रधानमन्त्री शरिफ घरबाट मगाएर खाना खाने गर्छन् । साथै उनलाई राखिएको जेलमा एयरकन्डिसन र टिभीको पनि व्यवस्था गरिएको छ ।

समा टिभीले देखाएको ५० मिनेटको भिडिओमा प्रधानमन्त्री खानले बताए, “नवाज शरिफ घरबाट ल्याएर खाना खान चाहन्छन् ।उनी जेलमा पनि एयर कन्डिसन चाहन्छन् ! जबकी  देशको आधा जनसंख्या एयर कन्डिसन र टिभी भनेको बुझ्दैनन् ।  म पाकिस्तान फर्किएलगत्तै  अनपयुक्त सुविधाहरु बन्द हुनेछ ।”

उनले कुनै पनि अपराधीलाई अनपयुक्त सुविधा राज्यले उपलब्ध गराउन नहुने तर्क अघि सार्दै भने “मलाई थाहा छ, मरियम बीबी(पाकिस्तान मुस्लिम लीग-एनको नेता) मेरो निर्णयसँग सहमत हुने छैनन् । तर म उनलाई भन्नेछु भ्रष्टाचार गरेको पैसा फर्काउनुहोस् अनि जता गएर जे गर्न मन छ गर्नुहोस् ।”

६९ वर्षीय पूर्व प्रधानमन्त्री नवाज शरिफ अल अजीजिया स्टिल मिलको काण्डमा दोषी करार भई लाहोरस्थित् कोट लखपत जेलमा ७ वर्षको सजाय भोगीरहेका छन् ।

वासिङ्गटन डिसीको क्यापिटल वन एरिना स्टेडियममा ३०,००० पाकिस्तानी नागरिकहरुलाई सम्बोधित गर्दै सत्तामा हुँदा देशलाई खोक्रो बनाएकाहरुलाई नछोडीने प्रधानमन्त्री खानले बताए ।

सेना प्रमुख तथा लेफ्टिनेन्ट जनरल हमीद पनि  उनीसँगै अमेरिका भ्रमणमा रहेका छन् ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata