स्पेनका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरस, प्रधानमन्त्री सान्चेज पनि आइसोलेसनमा

आइतवार, चैत्र २, २०७६



एजेन्सी । युरोपेली मुलुक स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमतीलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभ देखिएको छ । स्पेन सरकारले वक्तव्य जारी गर्दै प्रधानमन्त्री सान्चेजकी श्रीमती डोना बेगोना गोमेजलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री निवासमा गरिएको परीक्षणको क्रममा डोनालाई संक्रमण देखिएको हो । उनको प्रधानमन्त्री निवासमै आइसोलेसन कक्षमा राखेर उपचार शुरु गरिएको छ ।

प्रधानमन्त्री सान्चेजले कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप देशभर संकटकाल घोषणा गरेको केही घन्टापछि प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरस संक्रमण पत्ता लागेको हो । श्रीमतीलाई कोरोना भाइरस देखिएपछि प्रधानमन्त्री सान्चेजलाई पनि आइसोलेसनमा राखिएको र स्वास्थ्य अवस्था राम्रो रहेको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments