इरानमा सरकारप्रति व्यापक क्रोध

मङ्लबार, पुस २९, २०७६



एजेन्सी । इरानमा सरकारप्रति व्यापक क्रोध बढ्दै छ । एक यात्रुवाहक विमान सेनाले खसालेको कारण प्रदर्शनकारीहरूले सरकार विरुद्ध तेस्रो दिन पनि प्रदर्शन जारी राखेका छ ।उनीहरुले जवाफदेहीताको लागि सरकारसँग सांसदहरूले माग बढाउँन आग्रह समेत गरेका छन ।

इरानको एक भिडियोले सोमबार विद्यार्थीहरूलाई “मौलवीहरू हराउँदछ!” जस्ता नारा लगाउँदै गरेको देखायो। इस्फहान र तेहरान सहरहरूमा विश्वविद्यालय बाहिर व्यापक मात्रामा दङगा प्रहरीहरू सडकमा तैनाथ गरेको देखाइएको थियो ।तेहरानका प्रहरी प्रमुख होसेन रहीमीले राज्य मिडियामा भने, “धैर्यता र सहिष्णुताकासाथ भेला भएका मानिसहरूलाई पुलिसले राम्रो व्यवहार गरे।”

“विरोध प्रदर्शनमा पुलिसले निस्सन्देह गोली हानेन किनभने राजधानीका प्रहरी अधिकारीहरूलाई संयम देखाउन आदेश दिइएको छ। तर प्रदर्शनकारीहरूले भने , सरकारले व्यापक दमन गर्‍यो ।”प्रदर्शनकारीहरू विरुद्ध घातक शक्ति लगाइएको आरोपहरूको पूर्ण छानबिन हुनुपर्दछ, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले सोमबार भने।
कारण के हो ?

गत डिसेम्बरमा, इराकको अमेरिकी अड्डाहरूमा रकेटले एक अमेरिकी ठेकेदारको हत्या गर्‍यो। वाशिंगटनले इरान समर्थक मिलिशियालाई दोष दिए र हवाई हमला गरे जसले कम्तीमा २५ लडाकू मारिए।सेनाले बगदादमा दुई दिनसम्म अमेरिकी दूतावास घेरा हालेपछि ट्रम्पले जनरल सुलेमानीको हत्या गर्ने आदेश दिए । जसको हत्याले शोकको दिन इरानमा अभुतपुर्व सार्वजनिक प्रदर्शनलाई निम्त्यायो।

जनरल सुलेमानीको हत्याको बदला लिने भन्दै जनवरी ८ मा इरानले इराकमा अमेरिकी अड्डाहरु विरूद्ध धेरै क्षेप्यास्त्र प्रक्षेपण गर्‍यो।त्यसै दिन्, युक्रेनी यात्री विमान १७६ जनालाई तेहरान एयरपोर्टबाट लिएर उडान गर्नासाथ दुर्घटनाग्रस्त भयो।सुरुमा इरानी अधिकारीहरूले विमान दुर्घटनाको कारण मेकानिकल हुन सक्ने बताए । साथै दुर्घटनाग्रस्त विमानको डाटा निर्माता बोइंग कम्पनिलाई दिन अस्वीकार गरे।

तीन दिन पछि, जनवरी ११ मा, इरानको नेतृत्वले उक्त विमानलाई राजधानीको आफ्नो वायु रक्षा प्रणालीले लक्षित गरेको कुरा स्वीकार्यो। तिनीहरूले भने कि विमान “अन्जान” लक्षित थियो र त्यो गल्ती “अक्षम्य” थियो।

सेनाले आफ्नो भूल स्वीकार गरेसँगै इरानभरि विरोध प्रदर्शन भइरहेको छ । मानिसहरू युक्रेनको विमान दुर्घटनामा परेका पीडितहरूलाई सम्झना गर्न जागरण गरिरहेका छन । सुलेमानी हत्यासँगै एकभएको मुलुक विमान दुर्घटनाको कारण नयाँ समस्यामा फसेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments