किन मागे अर्थमन्त्री खतिवडाले माफि ?

सोमवार, जेष्ठ २०, २०७६



काठमाडौं । बजेट र बजेटसँग सम्बन्धीत संसदमा पेश गरिने दस्तावेजहरुमा व्यापक त्रुटि फेला परेको छ । अर्थमन्त्रीले संघीय संसदमा प्रस्तुत गरेको बजेट बक्तव्यमा त्रुटि फेला परेपछि प्रमुख प्रतिपक्षदलले संसदको ध्यानकार्षण गराएको थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा प्रस्तुत बजेट वक्तव्यमा कर्मचारीको तलवबृद्धि २०७६ साउन एक गतेबाट हुनुपर्नेमा २०७५ साल साउन एक भन्ने कुरा उल्लेख गरिएको भन्दै प्रतिपक्षीदलले विरोध जनाएका थिए ।

प्रतिपक्षदलले संसदको ध्यानकार्षण पछि अर्थमन्त्री खतिवडाले दस्तावेज त्रुटिबारे संसदमा माफि मागेका छन् । संसदमा उक्त दस्तावेज वितरण गर्न रोक लगाउँदै सच्चाएर मात्रै वितरण गर्नै प्रतिबद्धता ब्यक्त गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata