किन बन्दैछ एस ४०० मिसाईलमा अमेरिकाको टाउको दुखाई ?

शुक्रबार, अशोज १९, २०७५



काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच शुक्रबार भएको  सम्झौता पछि एस ४०० मिसाईल किन अमेरिकाको टाउको दुखाई बन्दैछ ?

जानिराखौं यसका दश विशेषताहरु

१) एस ४०० मिसाईल जमिनबाट हावामा मार गर्ने दुनियाँको सवैभन्दा खतरनाक हतियार मानिदै आएको छ । यसले एयरक्राफ्ट, क्रुज मिसाईल र परमाणु मिसाईललाई ४०० किलोमिटर टाढा नै ध्वस्त पार्न सक्छ ।

२) यसमा जडित तीन सिस्टमहरु मिसाईल लन्चर, शक्तिशाली राडार र कमान्ड सेन्टर रहेका छन् ।

३) यसमा जडित राडारले ६०० किलोमिटर दूरीमा रहेको लक्षलाई सजिलै देख्न सक्छ ।

४) यसलाई रुसको सरकारी कम्पनी अजमाज एन्टीले बनाएको हो । रसियनहरुले एस ४०० भने पनि नाटो सैनिकले एस ए २१ ग्राउलर पनि भन्ने गर्छन् ।

५) नेटोेले यसको क्षमतालाई लिएर दुनियाँको खतरनाक हतियार मान्ने गर्दछ । एस ४०० ले सबै हवाई हमलालाई नष्ट गर्न सक्छ साथै जमिनमा लडिरहेका सैनिकलाई मद्धत गर्न सक्छ ।

६) एस ४०० कुनै पनि आधुनिक फाइटर विमानसँग भिड्न सक्छ ।

७) २००७ मा पहिलो पटक यसको प्रयोग गरिएको थियो । यसको लनचरले ४८ N ६ सिरिजको मिसाईल लन्च गर्न सक्छ । जसले युद्धमा तवाही मच्चाउन सक्छ ।

८) एस ४०० को तुलना अमेरिकी पेट्रीयट एन्टी बलास्टीक मिसाईल र इन्टी क्राफ्ट मिसाईलसँग गरिन्छ ।

९) चिनले यसलाई अगाडि नै किनिसकेको भए पनि कुन मिसाईल यस मार्फत प्रयोग गर्छ दुनियाँलाई थाहा छैन् ।

१०) यसको मद्धतबाट कुनै पनि सैन्य अभियानमा वायु सेनाबाट मिल्ने मद्धतलाई जवरजस्त तरिकाले प्रभावित गर्न सकिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata