किन छोड्दै छन् बिजेपी शत्रुघन सिन्हा ?

आइतवार, चैत्र १७, २०७५



अभिनेताबाट नेता बनेका शत्रुघन सिन्हाले भारतिय जनता पार्टी(बिजेपी)छोड्ने घोषणा गरेका छन् । आइतबार उनले कांग्रेसमा जाने फैसला सार्वजनिक गरेका हुन्। “साँचो अर्थमा कांग्रेस राष्ट्रीय पार्टी हो”, उनले भने ।  साथै  उनको पारिवारिक मित्र लालु प्रसादले उनलाई यसो गर्न सल्लाह  दिएका पनि उनले बताए।

तृणमूल कांग्रेसका प्रमुख ममता बनर्जी, समाजवादी पार्टीको प्रमुख अखिलेश यादव साथै आम आदमी पार्टीका राष्ट्रीय संयोजक अरविंद केजरीवाल जस्ता नेता सहित अन्य नेताहरु पनि उनी उनीहरुको पार्टीमा समावेश भएको देख्न चाहन्थे । तर उनले प्रतिकार गर्दै भने परिस्थिति जस्तो भए पनि उनी चुनाव पटनाबाट नै लड्नेछन् ।

अभिनेता एवं नेता सिन्हा लामो समयदेखि मोदी सरकाराको आलोचना गर्दै आइरहेका छन् । उनले भने, ‘‘भाजपा, जसमा म लामो समय देखि जोडिएको थिए, अब म त्यसको हिस्सा रहिन। यसो गर्नु मेरो लागि पीडादायक रह्यो तर एल. के. आडवाणी, मुरली मनोहर जोशी, अरुण शौरी और यशवंत सिन्हा जस्ता पार्टीको वरिष्ठ नेताहरुको साथ जुन प्रकारले व्यवहार गरियो, त्यसले मलाई चोट पुर्याएको छ ।”

भाजपा र प्रधानमन्त्री नरेंद्र मोदी साथै पार्टी प्रमुख अमित शाह को  नेतृत्वको आलोचना गर्दै पहिले यो पार्टी  लोकशाही’ थियो अब ‘तानाशाही’ भएको उनको टिप्पणी थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata