ललिता निवासको जग्गा नीजि बनाउने खेलमा को-को मुछिए ?

बुधबार, चैत्र २७, २०७५

- भूपेन्द्र शाह



काठमाडौं । बालुवाटारस्थित ललितानिवास परिसरमा रहेको सरकारी जग्गा षड्यन्त्र मुलक ढंगबाट व्यक्तिको नाममा नामसारी गरेको तथ्य सार्वजनिक भएको छ । सरकारले मुआब्जा दिएर अधिकरण गरेको उक्त जग्गा हत्याउनेहरुमा पूर्वमन्त्री देखी वकिलसम्मको संलग्नता रहेको भेटिएको छ ।

ललिता निवासले उपभोग गरिरहेको उक्त जग्गा हिनामिना भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरोले छानविन प्रक्रिया अघि बढाएको छ । सरकारी जग्गालाई व्यक्तिको नाममा नामसारी गरेकाे आरोपमा पूर्व अर्थमन्त्री विष्णु पौडेल सहित चर्चित व्यक्तिहरु छानविनको घेरामा तानिएका हुन् । व्यापारी तथा भू- माफिया मार्फत पूर्व अर्थमन्त्री पौडेलका सुपुत्र नविन पौडेलको नाममा ललिता निवास परिसरको ८ आना जग्गा दर्ता गरिएको रहस्य बाहिरीए सँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अहिले अनुसन्धान प्रक्रिया अघि बढाएकाे जनाएकाे छ ।

अनुसन्धानमा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, पूर्व अख्यितार प्रमुख आयुक्त दीपबहादुर बस्न्यात, पूर्व मन्त्री एवम मुख्यसचिव माधव घिमिरे, पूर्व भूमिसुधार मन्त्री छविराज पन्त, भाटभटेनी सुपरमार्केट सञ्चालक मीनबहादुर गुरुङ, अधिवक्ता रामकुमार सुवेदी र डा. शोभाकान्त ढकाल छानविनमा तानिएकाे जनाइएकाे छ ।

रुक्मशमशेर राणा तथा उनका आफन्तसँग नेपाल सरकारले मुआब्जा दिएर अधिकरण गरेको ललिता निवासको १ सय १३ रोपनी ३ आना जग्गा षड्यन्त्र मुलक ढंगबाट व्यक्तिको नाममा नामसारी गर्ने खेल बाहिरीसँगै उक्त जगा सरकारले रोक्का गरिसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank