‘फेसएपले फोटो इडिट मात्र गर्दैन, तपाइको ग्यालरी पनि हेर्छ !’

बिहिबार, साउन २, २०७६



एजेन्सी । एक दुई दिन मात्रै भयो ।  संसारभरका व्यक्तिहरु एकाएक बुढो देखिएका छन् ।  सामाजिक सञ्जाल वृद्धाश्रममा  रुपान्तरण भइरहेको छ । लाज नउम्रीसकेको बालबालिकादेखि गाला चाउरीसकेका वयोवृद्धहरु समेत आफ्नो आँखीभौं भद्दा, गालामा मुजा, आँखामा खोपिल्टा, फुस्रा ओठ, पहेलो दाँत सहित देखिँदै छन् ।

फेसबुक प्रयोगकर्ताहरुमा बुढो देखिने ट्रेन्ड नै चलेको छ । ठुला सेलीब्रेटी देखि सर्वसाधारणसम्मले आफू बुढो हुँदा खुसि भएको, राम्रो देखिएको बताएका छन् । सोसियल मिडियामा  ‘फेस एप च्यालेन्ज’ या  ‘ओल्ड एज च्यालेन्ज’ भन्दै धमाधम फोटोहरु सियर भइरहेका छन् । सोसियल मिडियामा हरकोही “म ७० वर्षको  बुढो हुँदा यस्तो देखिने रहेछु ” भन्दै फोटो अप्लोड गरिरहेका छन् ।

फेसएप के हो ?

अनुहारको तस्बिर सम्पादन(फोटो इडिट) गरेर साबिकको भन्दा वयस्क वा वृद्ध अवस्था देखाइदिने एप हो- फेसएप  ।  फेसएप एक फोटो एप्लिकेसन हो- जसलाई रसियन ग्रुपले डिजाइन गरेका हुन् । यस एपको मद्दतले हेयरस्टाइल, स्माइल, बुढो, तरुनो साथै कपाल र दारीको रङ परिवर्तन गर्न मिल्छ ।

फेसएप नयाँ एप भने होइन । दुई वर्षअघि “जातीयतासम्बन्धी फिल्टर” ल्याएसँगै यो एप चर्चामा आएको थियो । उक्त एपले कुनै निश्चित जातीय समूहका मानिसको अनुहार अर्को जातीय समूहमा परिवर्तन गर्ने प्रयत्न गर्थ्यो ।

तर त्यो विशेषताबारे नकारात्मक प्रतिक्रिया आएसँगै कम्पनी उक्त एपबाट पछि हटेको थियो । फेसएपले भने रिसको भाव झल्केको अनुहारलाई हँसिलो वा अन्य कुनै भावमा परिणत गर्न सक्छ। र, यसले प्रयोगकर्ताको तस्बिरमा रहेको शृङ्गार शैलीमा पनि परिवर्तन ल्याइदिन सक्छ ।

र, यो सब आर्टिफिशल इन्टलिजेन्स (एआई) को सहयोगले गरिन्छ । त्यस्तो कार्य एल्गोरिदमको प्रयोगमार्फत्‌ हुन्छ । जसले गर्दा कसैको मुहारमा हाँसो वा अन्य कुनै भाव प्राकृतिकजस्तै देखिने गरी प्राप्त गर्न सकिन्छ ।

यस्तैमा सेतो दारी, चाउरिएका गाला, फुंग उडेको अनुहारमा देखिएका छन् – नवविवाहित ३४ वर्षीय रणवीर कपुर  र ३३ वर्षिया  दीपीकाको जोडी ।

यस्तै हालत छ- २७ वर्षया  दिशा पटनीको  । ६० को हाराहारीको देखिएकी छिन्- उनी । उनको फ्यानहरु बताईरहेका छन् कि अब हामी मरे पनि हुने भयो ।

यस्तै  वरुण धवन, आलिया भट्ट, अर्जुन कपूर, नसुरुद्दिन शाह, आयुस्मान खुराना, सोनाम कपूर लगायतका सेलीब्रेटीहरुको पनि उही हविगत छ । एकएक गर्दै अन्य सेलीब्रेटीहरु पनि बुढो देखिइरहेका छन् ।

फेसएपमाथि विश्वासनीयता प्रश्न किन उठ्यो ?

साउने संक्रान्तीको दिन अर्थात् हिजो मात्रै सबैभन्दा बढी प्रयोग भएको र यस एप ओभरलोड भई स्लो हुन पुगेको रसियन ग्रुपले बताएको थियो । ट्राफिक कम गर्न सतर्कता अपनाउँदै गर्दा यस एप माथी कतिपयले भने चिन्ता व्यक्त गरेका छन् । उनीहरू एप निर्माण गरेको कम्पनीले प्रयोगकर्ताहरूको डेटाप्रति त्यति धेरै सतर्कता नअपनाएको बताउँदै आइरहेका छन् ।

यस एप बारे शंका तब उत्पन्न भयो जब – एप निर्माता जोसुहा नोज्जीले ट्वीट गर्दै फेसएपले सर्वसाधारणको स्मार्ट फोनबाटअनुमति नै नमागी अप्लोड गर्ने गरेको बताएपछि सुरक्षा र विश्वसनीयताबारे गम्भीर प्रश्नहरू उठेका थिए । ‘फेसएपले तस्बिर सम्पादन मात्र गर्ने भए प्रयोगकर्ताहरूको तस्बिर ‘क्लाउड मा किन अप्लोड गर्छ ?’ भनेर कतिपयले प्रश्न तेर्स्याएका छन् ।

फेसएपका प्रमुख कार्यकारी के भन्छन् ?

“हामी फेशल रिकग्निशन ट्रेनिङ अर्थात् अनुहार पहिचान गर्नका लागि तस्बिरहरू प्रयोग गर्दैनौँ ।”, फेसएपका प्रमुख कार्यकारी अधिकृत यारोस्लाभ गोन्चारोभले अमेरिकी सञ्चार माध्यम  बीबीसीलाई बताएका छन् । एक फ्रान्सेली साइबर सुरक्षा अनुसन्धानकर्ताहरुको समूहले पी त्यस्तो अवस्था नरहेको बताएका छन्  ।

फेसएपले भने एउटा विज्ञप्ति जारी गर्दै प्रायः तस्बिर अप्लोड भएको ४८ घण्टापछि आफ्नो सर्भरबाट हटाइने गरेको बताएको छ । उक्त कम्पनीले प्रयोगकर्ताहरूले सम्पादन गर्न चाहेको तस्बिर मात्र आफूहरूले अप्लोड गर्ने गरेको बताएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata