राँगा जुधाएर दशैंको शुभारम्भ 

बिहिबार, अशोज २५, २०७५

- प्रमित वि.क.



बाजुरा । नेपालीको महान चाड  दशैको शुुभारम्भ राँगा जुधाएर शुभारम्भ गरिएको छ । प्रत्येक वर्ष घटस्थापनाको अघिल्लो दिनलाई बडिमालिका नगरपालिकाका स्थानीयहरुले राँगाहरुलाई जुधाएर बडा दशैंको स्वागत गर्ने चलन रहेको छ ।

जिल्लाको सदरमुकाम मार्तडीका स्थानीयबासीले विशेष गरेर सवैको घरघरमा जमरा राख्ने र दिउँसो अपह्रान चार बजे सबै एकै ठाउँमा जम्मा भएर राँगाहरुलाई जुधाउने चलन अहिले सम्म रहि आएको छ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी नजिकैको बाहुली बगरमा राँगाहरुलाई जम्मा गरेर एक आपसमा जुुधाएर बडा दशै को सूरु संगै रमाईलो गर्नु यहाँका बासिन्दाको पुरानो चलन नै हो । पुरानो बाउबाजेका पालादेखि नै राँगाहरुलाई एकआपसमा जुधाउने प्रचलन रहिआएको छ र हामीहरु रहुन्जेल सम्म राँगा जुधाईराख्ने स्थानीय गिदे चदाराँले बताए । पहिलेको समयमा धेरै राँगाहरु ल्याउँथे यसपालिका धेरै ठाँउबाट आएनन् । जति आए त्यति राँगाहरुलाई जुधाउने गरेको चदाँराको भनाईरहेको छ ।

बाजुरा जिल्लामा घटस्थापनाको अघिल्लो दिन औंसीदेखि बडादशैँ अवधिभर बाजुराको विभिन्न क्षेत्रमा राँगा जुधाएर रमाइँलो गर्ने चलन रहेको छ । सदरमुकाम मार्तडी, बाह्रबिस, ब्रह्म्तोला, कुल्देवमाडौं गुदुखाती, गौमुल, लगायत क्षेत्रमा समेत घटस्थापनाको अघिलो दिन राँगा जुधाएर रमाइलो गरिने प्रचलन रहेको छ ।  जिल्लाबासीले बडादशैँको अवसर पारेर राँगा जुधाउने चलनको आफ्नै महत्व छ । गाउँ, गाउँका थुप्रै रागाँका जोडीलार्ई एकआपसमा जुधाएर प्रतिस्पर्धा गराइन्छ

184 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank