स्वास्थ्य चौकीमा खानेपानीको हाहाकार, खोलाको पानी फिल्टर गरेर हातधुन प्रयोग 

आइतवार, बैशाख २८, २०७७

- दिपक राज जाेशी



बझाङ। कार्यालय समयको १ घण्टा खोलाबाट बाल्टिनमा पानी बोकेर जम्मा गर्ने कार्यालय सहयोगी रामप्रशाद जोशीकाे  दैनिकी छ । जयपृथ्वी नगरपालिका ७ स्थित सुबेडा स्वास्थ्य चौकीमा पिउने र सरसफाई गर्ने पानीको समस्या रहेको छ ।

१० वर्ष अगाडि खानेपानीको धारा निमार्ण त भएको थियो तर पाईप जमिन भित्र नगाडिएकोले करिब छ सय मिटर पाईप चोरी भयो । त्यो पानीको मुहान पनि सुकेर गएपछि अहिले धाराको मुर्ति जस्तै बनेकाे   स्वास्थ्य चौकि प्रमुख एचए बिनोद खड्काले बताए।

वडा अध्यक्ष एवम स्वास्थ्य चौकि व्यबस्थापन समितिका अध्यक्ष हरिचन्द जोशीले चासो नदिँदा अहिलेसम्म पानीको समस्या पुरा हुन नसकेको स्वास्थ्यकर्मी राधा राना जनाएकी छन । बर्थिङ सेन्टरमा सुत्केरीका लुगा कपडा र अन्य सामान सरसफाई गर्न नजिकै रहेको चौपाख्या खोलामा जानुपर्ने बाध्यता छ भन्छिन बर्थिङ सेन्टर कि अनमि ममता खत्री । स्वास्थ्य चौकि व्यबस्थापन समितिको बैठक बसेका बेला पानीको समस्या बारेमा सबैले चिन्ता मात्र व्यक्त गर्ने गरेको तर पानी ल्याउन पहल नगर्ने गरेको स्वास्थ्यर्मीकाे गुनासाे रहेकाे छ । वडा अध्यक्ष जाेशीले खानेपानीकाे योजनामा बजेट बिनियाेजित गरेर   पानी ल्याउने भन्न लागेको पनि तीन वर्ष बित्न लागेको छ तर अहिले सम्म ७ नम्बर वडा कार्यालयमा र स्वास्थ्य चौकिमा खानेपानी छैन ।

जयपृथ्वी नगरपालिका भरि सबै भन्दा बढि सुत्केरी हुन आउने सुबेडा स्वास्थ्य चौकि रहेको छ । खोलाबाट २० लिटर पानी बोकेर ल्याएर बाल्टिनमा भर्ने गरिन्छ । कोरोना रोगबाट सङ्क्रमण कम गर्नका लागि झन बढि हात धुने काम गरिने भएकोले आजभाेली  बिहान पानी जम्मा गरेर फिल्टर गर्ने गरेको कार्यालय प्रमुख खडकाले बताए । स्वास्थ्य चौकि र वडा कार्यालय आसपास खानेपानी अभाब रहेको छ । सुत्केरी महिलका लुगा कपडा सफा गर्ने स्वयम्ले पानी बोकेर ल्याउने गरेको स्थानिय बताउँछन । समस्याको बारेमा आफुलाई थाहा भएको र पानीको मुहान खोजेर अब छिटै पानीको समस्या समाधान हुनेमा जयपृथ्वी नगरपालिकाका प्रमुख बिरेन्द्र खडका अाश्वासन दिएका छन । पानीको समस्या बारेमा आफुले स्थानिय सँग मुहानको पटक पटक छलफल गरेको तर काम गर्न नसकिएको स्विकार्य उपमेयर जुना जाग्रिले स्वा स्थ्य सस्थामा पर्याप्त पानी नहुदा सङ्क्रमण हुने सम्भावना बढि हुने हुन्छ । शुद्द पिउने पानी र सफाई गर्न बर्सायाममा खोला धमिलो हुने भएको ले यो समय झनै समस्या हुने गरेको अनमि दुर्गा बम जोशीले बताईन । स्वास्थ्य चौकिबाट खोला करिब दुई सय मिटर टाढा रहेको छ । सरोकारवाला जानकार भएपनि निर्माण का कार्यले गति लिएको देखिदैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments