राष्ट्रपति भएको दुई वर्षमै अमेरिकी राष्ट्रपति ट्रम्पले बोले १० हजार झुट

मङ्लबार, बैशाख १७, २०७६



न्युयोर्क ।  सन् २०१७ जनवरीमा राष्ट्रपति पदभार सम्हालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० हजारभन्दा धेरै झुटो दावी गरिसकेका छन् । उनले पदभार सम्हालेदेखि यताको झुट मापन वासिंगटन पोष्टका तथ्य–निगरानीकर्ताहरुले गरेका हुन्  ।

“प्रधानमन्त्री ट्रम्पको झुटा र मिसलिडिंग स्टेटमेन्ट्सको संख्या दश हजार नाघिसकेको छ ।”, तथ्य–निगरानीकर्ता ग्लेन केस्स्लेरले बताएका छन् । केस्स्लेरका अनुसार राष्ट्रपतित्व कालका पछिल्ला महिनामा ट्रम्प झनै झुटो बोल्न थालेका छन्  ।

ट्रम्पले कार्यभार सम्हालेको ६०१ दिनमा ५ हजार झूट बोलेका थिए । त्यो हिसाबमा उक्त अवधिमा उनले औसतमा दैनिक ८ वटा झुट  बोले । त्यसपछिका २२६ दिनको समयमै ५ हजार झुटो कुरा बोले । त्यसपछिका पछिल्ला २२६ दिनमा ट्रम्पले दैनिक २३ झुटो दावी प्रस्तुत गरे ।

ट्रम्पको झुटोबोल्ने दर रुसको हस्तक्षेपबारे रोबर्ट मुलरको रिपोर्ट प्रकाशन भएको समयमा उलेख्य वृद्धि भएको पाइयो । त्यस्तै सिमानामा प्रस्ताव गरिएको पर्खालका कारण सरकारी कामकाज आशिंक बन्द हुदाँ पनि त्यस्तै वृद्धि देखिएको थियो । अर्को बढी झुट मध्यवर्ती चुनावको बेला भएका चुनावी प्रचारमा देखिएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank