अमेरिकाले पनि दियो मानव शरीरबाट मल बनाउन अनुमति

शुक्रबार, जेष्ठ १०, २०७६



एजेन्सी । हाल विश्वको जनसंख्या ७.५ बिलियन पुगेको छ । यस शताब्दीको अन्त्यसँगै यो संख्या बढेर ११ बिलियन पुग्ने वैज्ञानिकहरु बताउँछन् । एक लाख एकाउन्न हजार मान्छेको दैनिक मृत्यु भइरहेको छ । त्यस्तै तीन लाख ६० हजार मान्छेको दैनिक जन्म पनि भइरेहेको छ । यो भनेको एकातिर प्रति सेकेन्ड ४ जना जन्मिदा अर्कातिर प्रति  सेकन्ड २ जनाको मृत्यु भइरहेको छ भन्ने हो ।  तर अर्को  ५० वर्ष भित्र नै यो दर समान हुन् सक्ने अड्कलबाजीहरु पछिल्लो समय चलिरहेको छ ।

पछिल्लो समय मानिसको मृत्यु भइसकेपछी उसको शवलाई लिएर अनेकन् समस्याहरु देखिँदै आएका छन् । गाड्नको लागि जमिनको अभाव, जलाउँदा कार्बन उत्सर्जन ज्यादा र एल्कलाइन हाइड्रोलेसिस प्रोसेस द्वारा शव डिजल्भ गराउँदा आफन्तजनहरुको असन्तुष्टि जस्ता अड्चनहरु देखिरहेको छ ।  यस्तैमा एक बिबिसीमा कार्यरत विलियम क्रिमियर आफ्नो एक रिपोर्ट “डिजल्भीङ दि डेड’ मार्फत भन्छन्, “अबको २० वर्षमा बेलायत लगायत आर्थिक रुपमा अगी रहेका मुलुकका वासिन्दाहरुले  आफ्नो लागि ३*६ इन्चको जग्गा किन्न सक्ने छैनन्, किनकि जग्गा नै बच्ने छैन ।”

यस्तैमा अमेरिकाको वासिङटन मृत मानव शरीरबाट मल बनाउन अनुमति दिने पहिलो राज्य बनेको छ । यस नयाँ कानुन अनुरुप मानिसहरुले मृत्युपछि आफ्नो शरीर माटोमा परिणत गराउन पाउने भएका छन् ।

सम्बन्धित छवि

यस्तोमा मृत शरीरलाई मलमा परिणत गरिसकेपछि सो माटो तिनका आफन्तलाई प्रदान गरिनेछ जसले त्यसलाई फुल, सागसब्जी वा रुख रोप्नका लागि प्रयोग गर्न सक्ने बताइएको छ । मंगलबार मात्र यो कानुन गर्भनर जे इन्सलीले पारित गरेका हुन् । यस्तो कानुनका लागि पहल गर्ने कट्रिना स्पेडले सो सेवा प्रदान गर्ने पहिलो कम्पनी पनि स्थापना गरिसकेकी छन् । उनी भन्छिन्, “यो प्रक्रिया वास्तवमै प्राकृतिक र सुरक्षित अनि टिकाउ पनि छ र गाड्ने वा जलगाउने संस्कृतिको राम्रो विकल्प हुन सक्छ । किनकी ती प्रक्रियाका परिणाम स्वरुप जमिन र वायुमा अत्याधिक कार्बन उत्सर्जन हुने गरेको छ । यस्तोमा जमिन बचत गर्नुका साथै यो वातावरण अनुकूल पनि हुनेछ ।”

स्पेडले बताए अनुसार यो प्रक्रियाका लागि उनको कमपनीले मृतकको शरीरलाई एउटा स्टिलको हेक्जागोनल आकारको कन्टेनरमा आल्फाल्फा (एक प्रकारको घाँस), काठका टुक्रा, पराल लगायतका वस्तुसँगै बन्द गरेर राखिदिनेछ र प्राकृतिक रुपमा तीस दिनमै त्यो मलजन्य माटोमा परिणत हुनेछ । यस वातावरण अनुकूल अन्त्येष्टिका प्रयास पछिल्लो समय विश्वभर लोकप्रिय बन्दै जाने अनुमान गरिएको छ ।

अघिल्लो महिनामा मात्र क्यालिफोर्नियामा स्वर्गीय अभिनेता ल्युक पेरीलाई च्याउसँग गाडिएको जनाइएको छ । यसले वातावरणमा विषाक्त प्रदुषण कम गराउने र मल उत्पादन गर्न सक्ने बताइएको छ । यसरी मानव शरीरबाट मल बनाउने प्रक्रियाले स्वीडेनमा पनि कानुनी मान्यता पाइसकेको छ । त्यस्तै कुहिने वस्तुहरुसँग शरीरलाई कोफिनमा  गाड्नु बेलायतमा पनि वैध रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments