उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा

शुक्रबार, जेष्ठ १६, २०७७



काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ । मौसमविद्का अनुसार पश्चिमी  वायु र स्थानीय वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको हो ।

अहिले देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा सामान्य बदलीसँग वर्षा भइरहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख गरेको छ  ।

शुक्रबार देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । राती देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरूमा  सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

पूर्वी र  मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार देशको पूर्वी र पश्चिमी भूभाग लगायत मध्य पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका केहि स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments