वाणिज्य बैंकमा लागेको आगो नियन्त्रणमा

सोमवार, भदौ २, २०७६



चितवन । चितवनको भरतपुरस्थित् चौबिसकोटीमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा आगलागी भएको छ । आज (सोमबार) बिहान करिब ७ बजेको समयमा भएको आगलागी एक घण्टापछि नियन्त्रणमा आएको बताइएको छ ।

भरतपुर महानगरपालिकाको २ वटा दमकल, खैरहनी नगरपालिकाको एउटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट राष्ट्रिय वाणिज्य बैंकको भुइँतल्लामा रहेका सामानमा  पूर्ण रुपमा क्षति पुगेको छ । कोठामा रहेका कम्प्युटरलगायतका अन्य सामानहरु जलेर नष्ट भएका छन् । कोठामा रहेको एसीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीको थप विवरण भने आउन बाँकी रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata