वडाध्यक्ष पद त्यागेर शिक्षक

सोमवार, मंसिर २, २०७६



सल्यान । जनताको सेवा गर्न वचनबद्धता जनाएका सल्यानका एक जनप्रतिनिधिले अन्नतः शिक्षक सेवामा नाम निकालेपछि वडाध्यक्ष पद छाडेका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले स्थायी जागिरमा नाम निकालेपछि वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन ।

वि.सं २०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकालेका हुन। तत्कालीन नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार देवेन्द्र रोका र बुढामगरले ३२१ समान मत प्राप्त गरेपछि गोलाप्रथाद्वारा बुढामगर निर्वाचित भएका थिए। शिक्षक सेवा आयोगले लिएको सबै परीक्षा उतिर्ण भएपछि उनले वडाध्यक्ष पद त्यागेर मुस्ताङमा रहेर सेवा गर्ने निष्कर्षमा पुगेका हुन ।

‘वडाध्यक्ष हुँदा न अधिकार थियो न सुविधा नै । जनताको लागि केही गर्न नसकिने भएपछि किन पदमा बसिरहनु ? स्थायी जागिरमा नाम निस्केपछि पद् छाड्ने निधो गरेँ ।’ आगामी दिनमा राजनीतिमा नफर्किने सोचेका बुढामगरले भने, “अब विद्यार्थीलाई आफूसँगको ज्ञान सिकाउँछु, शैक्षिक गुणस्तर सुधारका लागि सेवा गर्न चाहान्छु”, बुढामगरले भने ।

बुधबार राजीनामा दिएपछि गाउँ कार्यपालिका बैठकले वडासदस्य वीरबहादुर खड्कालाई कार्यबाहकको जिम्मेवारी दिइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata