बैदेशीक रोजगारमा मुलुक बाहीर रहेका नागरिकले समेत मतदान गर्न पाउने

बिहिबार, चैत्र ८, २०७४



काठमाडौं । बैदेशीक रोजगारको सिलसिलामा मुलुक भन्दा बाहीर रहेका नागरिकले मतदान गर्न पाउने भएका छन् । बैदेशीक रोजगारका क्रममा विदेशमा रहेका कामदारको मतदान सुनिश्चित गर्न सक्ने गरि कानूनी व्यवस्था गर्नु पर्ने लगायतका मागहरु राखेर सामाजिक न्यायका लागि नीति नियम मञ्चले  २०७३ बैसाख १४ गते सर्वाेच्च अदालतमा रिट दायर गरेको थियो ।

उक्त रिटको फैसला गर्दै सर्वाैच्च अदालतले बैदेशीक रोजगारमा रहेका कामदारले मतदान गर्न पाउनु पर्ने भन्दै निर्देशनात्मक आदेश जार गरेको हो । नेपाली नागरिकको मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न, मुलुक बाहीर भएपनि नागरिकले मतदान गर्न पाउनु पर्ने जिकीर निवेदन पेश गरिएको थियो । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका संसद, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएको थियो ।

यस रिट निवेदनमा निवेदक संस्थाकातर्फ बाट अधिवक्ताहरू हरि फुयाल, बरुण घिमिरे, अनुराग देवकोटा, आलोक पोखरेल र केदार दाहाल समेतले बहस गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank