गलत पार्टीलाई मत हालेको भूलमा आफ्नै औंला काटे !

शुक्रबार, बैशाख ६, २०७६



एजेन्सी । भारतमा भइरहेको लोक सभा निर्वाचनका क्रममा भूलवस गलत पार्टीलाई मत हालेको भन्दै एक मतदाताले आफ्नै औंला काटेका छन् । गलत पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटिदिएका हुन् ।

भारतीय संञ्चार माध्यमका अनुसार पवन कुमार नामका ती मतदाताले आफूले दूर्घटनावश सत्ताधारी भारतीय जनता पार्टीलाई मत हाल्न पुग्दा आफ्नै औंला काटेको भिडियो सार्वजनिक गरेका छन् । उनले क्षेत्रीय पार्टीलाई मत दिन खोजेको तर विधुतीय भोटिङ मसिनका कारण अलमलमा परेको जनाएका छन् ।   पवन कुमारले बिहीवारको निर्वाचनमा भारतको उत्तर प्रदेश राज्यको बुलन्द शहर क्षेत्रमा मतदान गरेका थिए।

भारतको आम निर्वाचनमा बिहीवार दोस्रो चरणको मतदान भएको थियो। म हात्ती चुनाव चिन्हमा मतदान गर्न चाहन्थेँ, तर मैले झुक्किएर फूल चिन्हमा मत हालेँ, । पवन कुमारले यसो भनेको उक्त भिडिओमा सुन्न सकिन्छ।

सत्ताधारी भारतीय जनता पार्टीको चुनाव चिन्ह कमलको फूल हो भने, एउटा क्षेत्रीय शक्तिशाली पार्टी बहुजन समाज पार्टीको चुनाव चिन्ह हात्ती हो। उक्त पार्टीले अन्य दुई क्षेत्रीय पार्टीहरूसँग गठबन्धन गरेर भारतीय जनता पार्टीलाई चुनौति दिइरहेको छ।

भारतमा सात चरणमा आम निर्वाचन भैरहेको छ र मे २३ तारिखका दिन मतगणना हुनेछ। यो निर्वाचनमा मतदानका लागि योग्य मतदाताको संख्या ९० करोड छ र यही कारणले पनि यो निर्वाचन संसारको सबैभन्दा ठूलो निर्वाचन हो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank