बसको यात्रा गर्दा वान्ता हुने गर्छ ? यसको समाधान छ ।

शनिबार, साउन ११, २०७६



सवारी साधन खासगरि बसमा यात्रा गर्दा रिंगटा लाग्ने र बान्ता हुने समस्या धेरै मानिसहरुको हुने गर्छ । कतिपय मानिस त झन् वान्ता भएकै कारण बिरामीसमेत हुन्छन् तर जति नै बिरामी होइन्छ भन्ने जाने पनि यात्रा गर्नु मानिसको बाध्यता हो । खासगरि दशैँ तिहार लगायतका चाडपर्वमा यात्रा गर्नै पर्छ । अझ चाडपर्वको घुइचो र धकेलाधेकलमा यस्तो समस्या झन् बढ्ने गर्छ ।

कोही मानिसमा यात्रामा निस्कन साथ वान्ता गर्न थााल्छन् भने कसैकसैलाई लामो यात्रा गर्दा समस्या देखा पर्छ । वान्ता हुनु आफैंमा एक कष्टकर क्षण हो । शरीरलाई कमजोर बनाउनुका साथै यस्तो समस्याले यात्राको रमाइलोपन समेत हराएर जान्छ तर यो समस्याको पनि समाधान छ ।

यात्रा गर्दा शरीरका इन्द्रियहरुले सन्तुलित ढंगबाट आफ्ने कार्य गर्न नसक्दा वान्ता हुने समस्या आउँछ । यसरी यात्रा गर्दा वान्ता हुनुलाई सिकनेस अर्थात यात्राजन्य वान्ता भनिन्छ । यो समस्या हरेक मानिमा फरक–फरक हुन्छ । यदि तपाइ यस्तो समस्या भोगिरनु भएको छ भने आफैंले कहि घरेलु उपायबाट समस्याको समाधार गर्न सकिन्छ ।

के तपाईँलाई बस वा मिनी बसमा यात्रा गर्दा वान्ता हुने गर्छ ? यदि हुने गर्दछ भने अपनाउने गर्नुहोस् यी घरेलु टिप्स:

  • यदि तपाईँलाई बसमा यात्रा गर्दा वान्ता हुन्छ भने मुखमा ल्वाङ चुसेर राख्नुहोस् l जसले गर्दा वान्ता हुने समस्या कम हुने गर्दछ l
  • वान्ता हुने व्यक्तिहरूले यात्रा गर्दा जामुन पत्रको रस पिउँदा पनि यस्तो समस्याबाट राहत मिल्दछ l
  • काँचो आँपको सेवन गर्दा खाना पचाउन सहयोग गर्नका साथै त्यही आँपको पातले वान्ता रोक्ने काम पनि गर्दछ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर पिउनाले पनि वान्ता हुने समस्या कम हुने गर्दछ l
  • दैनिक भान्सामा प्रयोग हुने अदुवामा पनि वान्ता रोक्ने औषधीय गुण हुन्छ । यसरी यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसिरहँदा वान्ता हुने समस्याबाट मुक्ति पाउन सकिन्छ ।
  • यात्रा गर्ने क्रममा मुखमा सौंफ राखेर चपाइरहँदा पनि यस्तो समस्याबाट छुटकारा मिल्ने गर्दछ l
  • जेठीमधु मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ । साथै आमाशयको वायुलाई पनि कम गर्छ । अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसिरहनु फाइदाजनक मानिन्छ ।
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata