गोवामा भलिबल प्रतियोगिता सम्पन्न, प्रथम पुरस्कार मंगावले हात पार्न सफल

सोमवार, चैत्र २६, २०७४



भारत । भारतको गोवामा भलिभल प्रतियोगीता सम्मपन्न भएको छ । भलिबल प्रतियाेगीतामा मंगावले क्लबले प्रथम स्थान हात पार्न सफल भएकाे छ ।

त्यस्तै   प्रतियोगीताको दोस्रो स्थान बाम्बोलिमले हात पारेको छ भने- तेस्रो स्थान मापुसा क्लबले हात पार्न सफल भएकाे  आयोजकले जनाएको छ ।  अन्तरास्ट्रिय नेपाली समाज गोवा प्रदेश साउथ जिल्ला समिति द्वारा भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो । भलिबल प्रतियोगितामा गोवाप्रदेश अन्तर्गत विभिन्न नगरहरु बाट एघार टिम भलिबल प्रतिभाहरुले भाग लिएका थिए ।

फाइनल खेलमा मापुसा र मंडगावकाबीच कडा प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताका विजेताहरुले प्रथम, दोस्रो र तेस्रो क्रमश ३२ हजार ,२४ हजार र १६हजार रकम र प्रमाण पत्र हात पारेका छन् । विजेताहरुलार्इ पुरस्कार वितरण लोकेन्द्र सेर्पालीले हस्तान्तरण गरेका थिए ।

भलिबल नँक आउट सिस्टम बाट  खेलाइएको थियो । फाइनल खेलमा मापुसा र मंडगावकाबीच कडा प्रतिस्पर्धा भएको थियो ।

 

valiball2

गोवा प्रदेश साउथ जिल्ला संयोजक प्रकाश पुनको अध्यक्षता नयाँ शक्ति पार्टी नेपाल केन्द्रीय परिषद सदस्य लोकेन्द्र सेर्पालीको प्रमुख अातिथ्य गोवा प्रदेश कंग्रेस आई अध्यक्ष शंकर किर्लापार्कर को विषेश अतिथ्य र प्रमुख निर्णायक पूर्व भलिबल राष्ट्रिय खेलाडी कुमार गुरुङ गोवा प्रदेश इन्चार्ज जिबन ज्योति सिर्मल नयाँ शक्ति पार्टी प्रवास प्रादेशिक सचिवालय सदस्य दिवाकर शर्माको विषेश उपस्थितिमा सम्पन्न भएको भारतको गोवाबाट लोकेन्द्र सेर्पालीले नेपालपाटीलाई जनाएका छन् ।

valiball

भारतको गोवामा बस्ने यूवा खेलाडीहरुलाई लक्षित गर्दै आयोजना गरेको भलिबल प्रतियोगीतामा ११ टिमको सहभागीता रहेको थियो । भलिबल नँक आउट सिस्टम बाट बिहान खेलाइएको थियो ।

v

भलीबल खेल प्रतियोगिता भारत तथा नेपालका हजाराै‌ खेलप्रेमीहरुले अवलोकन गरेका थिए ।

408 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank