प्रथम उपराष्ट्रपति विद्यालय स्तरीय चिल्ड्रेन गेम सूरु

सोमवार, बैशाख १०, २०७५

- लक्ष्मीराज पाध्याय



बाजुरा ।  बाजुरामा प्रथम उपराष्ट्रपति विद्यालय स्तरीय चिल्ड्रेन खेल प्रतियोगीता सुरु भएको छ ।जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्लामा पहिलो पटक उपराष्ट्रपति विद्यालय स्तरीय खेल प्रतियोगीता सञ्चान गरिएको जिल्ला खेलकुद बिकास समिति बाजुराका अध्यक्ष हिक्मत थापाले बताए ।

सोमबारबाट संचालन भएको खेलकुद कार्यक्रममा जिल्ला स्तरका निम्न माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि ८ सम्मका १४ वर्ष मूनिका बालवालिकाहरु सहभागी भएका छन् । प्रतियोगीतामा जिल्लाका ९ वटा विद्यालय सहभागी भएका छन् । सहभागी भएका विद्यालयका विद्यार्थीहरुबीच विभिन्न तर्फका ७ वटा खेलहरुमा प्रतिस्पर्धा गरिने भएकाे छ ।

जसमा दौड, हाईजम्प, लङ्गजम्प, लगायतका खेल खेलाईने जिल्ला खेलकुद विकास समितिले जनाएको । जिल्लामा यो प्रतियोगिता भने पहिलो पटक भएको हो । यस भन्दा अघि १० औं राष्ट्रपति रनिङ्ग सिल्ड सम्पन्न भएको थियो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank