मुलुक अव आर्थिक समृद्धि तर्फ उन्मुख भइसक्यो: उपराष्ट्रपति पुन

बिहिबार, बैशाख २०, २०७५



काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले मुलुक आर्थिक समृद्धि तर्फ उन्मुख भइसकेको बताएका छन् ।   नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा ‘व्यवसायिक क्षेत्रको समसामयिक विषयमा निजी क्षेत्रको धारणा’ प्रस्तुत गर्न बिहीबार उपराष्ट्रपतिको कार्यालय कान्तिपथ काठमाण्डौं पुगेको प्रतिनिधि मण्डलको टोलीसँंग कुरा गर्दै उपराष्ट्रपति पुनले २०७५ को वर्ष आर्थिक समृद्धिको बर्ष भएको बताएका छन् ।

मुलुकलार्इ अार्थिक समृद्धि तर्फ लैजानका लागि यसका निजी क्षेत्रको सहयोगको अपेक्षा गरेका छन् । स्थायी सरकारको निर्माण, लोडसेडिंग मुक्त मुलुक, बन्द हडतालको अन्त भएसँंगै मुलुक आर्थिक समृद्धिको दिशातर्फ उन्मुख भएकोमा खुसी व्यक्त गरेका छन् ।  उप राष्ट्रपति पुनले आर्थिक समृद्धिको आधारको रुपमा रहेका कृषि, उर्जा, पर्यटन र जडिबुटीको क्षेत्रलाई विषेश महत्वकासाथ अगाडि वढाउनु पर्नेमा विषेश जोड दिए ।

नेपाल चेम्वरका अध्यक्ष श्रेष्ठले मुलुकले लामो समयदेखि भोग्दै आएको राजनीतिक संक्रमणकालको अन्त भएसँंगै अवको गन्तव्य आर्थिक समृद्धि हुनु पर्नेमा जोड दिएका दिएका छन् । स्थायी सरकारको निर्माणसँंगै लगानीको वातावरण बनेको चर्चा गरे ।

कार्यक्रममा चेम्वरका विर्तमान अध्यक्ष सुरेश कुमार वस्नेत, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु महेन्द्र मान श्रेष्ठ, दीपक कुमार मलहोत्रा र नरेश श्रेष्ठ लगायतका पदाधिकारीहरु तथा कार्य समितिका सदस्यहरु सहभागी रहेका थिए ।

58 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank