चिनियाँ राष्ट्रपति सी जिङ पिङ रूसको राजकीय भ्रमणमा

बुधबार, जेष्ठ २२, २०७६



एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिङ पिङ आज (बुधबार) देखि रूसको राजकीय भ्रमणमा जाने भएका छन् ।

भ्रमणका क्रममा राष्ट्रपति सीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका उच्च पदस्थ अधिकारीहरूसँग छलफल तथा विचार विमर्श गर्ने छन् । साथै सेन्ट पिटर्सवर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च (एसपीआईइएफ) मा पनि  राष्ट्रपति सीको सहभागिता रहने छ  ।

भ्रमणले राष्ट्रपति सी तथा उनका रूसी समकक्षी पुटिनबीच हुने भेटवार्ताले दुइपक्षीय सम्बन्ध विस्तारका लागि नयाँ खाका अपेक्षासमेत गरिएको छ । भ्रमणले चीन–रूसबीचको रणनीतिक साझेदारी र सहकार्यलाई विस्तार गरी तथा नयाँ उचाइमा पुराउने विश्वास लिइएको छ ।

पछिल्लो छ वर्षयता चीन र रुसका राष्ट्रनायकबीच २७ भन्दा बढी भेटघाटको अवसर जुरेको चिनियाँ मिडियाहरुले जनाएका छन् । ती भेटहरूले दुई देशबीच घनिष्ठ कार्यको सम्पर्क र गहिरो व्यक्तिगत मित्रताको पनि स्थापना गरेका दुवै देशका अधिकारीको बुझाई रहेको छ ।

दौत्य सम्बन्ध कायम भएको सत्तरी वर्षको अवधिमा चीन–रुस सम्बन्धमा पनि ऐतिहासिक परिवर्तन आएको बताउने गरिएको छ । दुवै देशभित्रका विभिन्न परिवर्तनलगायतका विविध परीक्षामा सफलता मिलेको छ । चीन–रुसबीचको चौतर्फी रणनीतिक सहकार्यबाट दुई देशका जनताका सा थैसमस्त विश्वको भावी विकासका लागि नयाँ सम्भावना ल्याउने अपेक्षा गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata