नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० वटा मुलुकका पर्यटनमन्त्रीहरु सहभागी हुने

शनिबार, मंसिर ७, २०७६



काठमाडौं । सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ ५० औं हजार जनसमुदायको बीचमा गर्ने घोषणा गर्ने भएको छ । आगामी जनवरी १ मा काठमाडौंमा ५० औं हजार जनसमुदायबीच सो भ्रमण वर्षको शुभारम्भ गरिने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले बताए ।

उक्त भ्रमण वर्षलाई भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न सात वटै प्रदेशमा समेत सो भ्रमण वर्षको शुभारम्भमा भव्य कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको मन्त्री भट्टराईले बताए ।  काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० वटा मुलुकका पर्यटनमन्त्रीहरु सहभागी हुने समेत बताए ।

मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन आवश्यक तयारीमा सरकार केन्द्रित रहेको बताए । सरकारले २० लाख पर्यटन नेपाल भित्र्याउने उद्देश्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन पनि सबैलाई आह्वान गर्दै आएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata