प्रकृतिलाई बिगार्ने होइन सिंगार्ने होः राष्ट्रपति

बिहिबार, पुस १७, २०७६



काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई बिगारेर भन्दा प्रकृतिलाई सिँगारेर पर्यटकलाई आकर्षित गर्न सकिने बताएकी छन् ।नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गर्दै बुधबार भण्डारीले विश्व शान्ति र भातृत्वको सम्वन्ध विस्तार गर्न पर्यटक उद्योगमार्फत मुलुकको समृद्धि चाहने सरकारको उदेश्य पुरा हुने विश्वास व्यक्त गरेकी हुन् ।

उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने सरकारको उद्धेश्यलाई पुरा गर्न प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक स्थललाई पर्यटकिय स्थलको रुपमा विकास गर्नु पर्ने बताइन् ।राष्ट्रपति भण्डारीले पर्यटकलाई नेपाली उत्पादनले सेवा गर्न सके नेपाली जनताको जीवनस्तर उकास्न समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

उद्घाटन समारोहमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालका विश्व प्रसिद्ध हिमाल धार्मिक, प्राकृति र सांस्कृतिक सम्पदाका कारण नेपाल संसारकै उत्कृष्ठ पर्यटकीय स्थल भएको बताए । उनले पाथिभरा, हलेंसी, खप्तड जस्ता धार्मिक स्थलहरु र १४ वटा अग्ला हिम शृङ्खला, काठमाडौं, लुम्बिनी, चितवन विश्वसम्पदा सूचीमा परेका स्थलहरुले विश्वका पर्यटकलाई आकर्षीत गर्न सकिने बताए ।

मन्त्री भट्टराईले पोखरा विमानस्थल र गौतमबुद्ध विमानस्थल निर्माण चाँडै पुरा हुने विश्वास ब्यक्त गरे । सो अवसरमा मन्त्री भट्टराईले राष्ट्रपति भण्डारीलाई लाईट अफ प्ले अफ युनिटी प्रदान गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments