भ्रमण वर्ष २०२० को उद्घाटन तयारी तीव्र, तीन देशमा पर्यटन मन्त्री काठमाडौँ आइपुगे

बुधबार, पुस १६, २०७६



काठमाडौँ । सरकारले सन २०२० लाई पर्यटन भ्रमण वर्षको रूपमा घोषणा गरेको छ । पर्यटन वर्षलाई लक्षित गर्दै सरकारले २० लाख पर्यटन ल्याउने सरकारीले लक्ष लिएको छ ।

भ्रमण वर्षको नेपाल भ्रमण वर्ष २०२० को बुधवार हुने उद्घाटनमा भाग लिन तीन देशका पर्यटन मन्त्री काठमाडौँ आइपुगेका छन् । चीन र भारतबाट पर्यटन राज्यमन्त्री आएका छन् । उनीहरूलाई मङ्गलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वागत गरेका थिए।

 भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन आइल्याण्ड मुलुक जमैकाका पर्यटन मन्त्री एडमुन्ड बार्टलेट् काठमाडौँ आइपुगेका हुन् । त्यसै गरी म्यानमारका पर्यटनमन्त्री ओन मउङ पनि मंगलबार काठमाडौँ आइपसगेका छन् ।

a

कार्यक्रममा सहभागी हुन भारतीय पर्यटन राज्यमन्त्री प्रह्लाद सिंह पटेल र चीनका पर्यटन राज्यमन्त्री वाङ सियाओफेङ नेपाल आएका छन् । नेपालले ३० भन्दा बढी देशका पर्यटन मन्त्रीलाई निम्तो दिए पनि मंगबार बेलुकासम्म तीन देशका पर्यटन मन्त्री र दुई देशबाट राज्यमन्त्री आएका छन् ।

c

आज दिउँसो चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँमा भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम छ भने सातै वटा प्रदेशमा पनि उद्घाटन कार्यक्रम राखिएको छ । उद्घाटन शत्रमा काठमाडौँ तीन हजार झाँकी निकालिदै छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments