आजदेखि भ्रमण वर्ष शुभारम्भ हुँदै, उद्घाटन भव्य बनाइँदै

बुधबार, पुस १६, २०७६



काठमाडौं । आज नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ हुँदैछ । सरकारले यसवर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आजदेखि भ्रमण वर्षको शुभारम्भ गर्दैछ ।

काठमाडौंको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमण वर्षको भव्य उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । भ्रमण वर्षको उद्घाटनस्थल रङ्गशालामा मंगलबार पूर्वाभ्याससमेत गरिएको थियो । उद्घाटन समारोहलाई विशेष बनाउन सबैखालको तयारी गरिएको सचिवालयले जनाएको  छ ।

अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्नेछ ।  सहभागी पाहुनाको स्वागत सेलिब्रेटीबाट गरिनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments