टेलिभिजनमा अन्तवार्ता लिदा लिदैै रिपोर्टरले महिलाको स्तन समातेपछि भाइरल बन्यो भिडियो

शनिबार, जेष्ठ ६, २०७४



 बिबिसीका एक पत्रकारले एउटा प्रत्यक्ष प्रसारण कार्यक्रममै महिलाको स्तन समाएका छन् । बिबिसीका संवाददाता वेन ब्राउनले महिलाको स्तन समाएपछि अहिले सामाजिक सञ्जालमा यो विषय भाइरल बनेको छ ।  पत्रकार ब्राउनले आफ्ना सहकर्मी तथा राजनीतिक मामिलासम्बन्धी सहायक सम्पादक नोमान स्मिथसँग लेबर पार्टीको चुनावी घोषणापत्रबारे ब्राडफोर्डमा अन्तर्वार्ता लिइरहेका थिए, जसको प्रत्यक्ष प्रसारण भइरहेको थियो ।

अन्तर्वार्ता भइरहेका वेला अकस्मात एक अर्धबैँसे महिला उनीहरूको बीचमा पुगेर अवरोध गरिन् । धेरै झोला बोकेकी, चितुवाको रंगजस्तो टिसर्ट र कालो ज्याकेट लगाएकी ती महिलाले एउटा औँला ठड्याएर ‘निकै राम्रो’ भनिन् । तत्कालै ब्राउनले दायाँ हातले ती महिलाको स्तन समाएर पन्छाए । ब्राउनको व्यवहारले आक्रोशित महिलाले ब्राउनको काँधमा जोडले हिर्काएर क्यामेराबाट भागेकी थिइन् ।

यस बिषयमा स्पष्टिकरण दिदै ब्राउनले आफूले हात फैलाउँदा संयोगवश महिलाको स्तनमा हात पुगेको बताएका छन् । तर, ब्राउनले महिलाको स्तन नै ताकेर समाएको क्यामेरा मेन जासन फरिङटनले बताएका छन् । फरिङटन भन्छन, ‘‘ब्राउनले महिलाको स्तन समाएकै हुन् ।’
सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहको छ । उनलाई बिबिसीले बर्खास्त गर्नुपर्ने र सो घटनाबारे प्रहरीले अनुसन्धान गर्नुपर्ने केही ट्विटर प्रयोगकर्ताले बताएका छन् ।

यसैबीच आफूले नियतवश महिलाको स्तन नसमाएको ब्राउनले ट्विटमार्फत स्पष्ट गरेका छन् । ‘ब्रार्ड फोर्डमा प्रशारण भइरहँदा दुर्भाग्यपूर्ण अवरोध । अवरोधलाई हटाउने प्रयास मात्र गरेको हुँ तर नियतवश भने होइन,’ उनले ट्विट गरेका छन् । ट्विटरमा उनका ५९ जना फलोअर छन् ।

सो घटनाबारे बिबिसीले कुनै टिप्पणी गरेको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata