भाइरल भिडियो आखिर के हो ?

बुधबार, चैत्र ६, २०७५



इन्डोनेसिया ।  सोसियल मिडियामा पछिल्लो समय एक भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा एक महिला समुन्द्र किनारमा फोटो खिच्नको लागि उभिन्छन् । तत्क्षण समुन्द्रमा ठुलो लहर उठ्छ, र उक्त महिलालाई बगाउछ ।

स्यांगघाइस्टका अनुसार उक्त भिडियो इन्डोनेसियाको नुसा लेम्बोंगनको एक द्वीप डेविल्स टियरको हो ।  महिला हाल सकुशल छिन्  ।

डेविल्स टियरमा एक महिला आफ्नो दुवै हात फैलाएर ओठमा हासो सहित एक पोज दिन्छिन्, तत्क्षण समुन्द्रमा ठुलो लहर उठ्छ, र उक्त महिला समुन्द्र किनार देखि पर पुगेर पछारिन्छन् ।

हेर्नुहोस् यो भिडियो:

डेली मेलका अनुसार गत शुक्रबार प्रथमपटक यो भिडियो सेयर गरिएको थियो, हेर्दाहेर्दै यो भिडियो पछिल्लो समय भाइरल भएको छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata