भीआईपी जुवाडे : १६ धरौटीमा छुटे, ९ अझै थुनामा

बुधबार, मंसिर ४, २०७६



काठमाडौं । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले दुई करोड ६७ लाखसहित जुवा खालबाट पक्राउ परेका २५ जना ‘भीआईपी जुवाडे’मध्ये १६ जनालाई  अनुसन्धानपछि धरौटीमा रिहा गरेको छ ।

बाँकी ९ जना भने थप अनुसन्धानका लागि अझैसम्म थुनामै रहेका छन् । विभागले ३० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने प्रावधान रहेको छ ।

विशेष अदालतबाट २० दिनको म्याद लिएर विभागले २५ कात्तिकदेखि अनुसन्धान गरिरहेको छ । यसअघि पक्राउ परेको १० दिनपछि २५ कात्तिकमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले ३० हजार धरौटीमा छाडे लगत्तै विभागले फेरि पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

रिहा हुनेहरुले २ लाख ५० हजारदेखि २० लाख रुपैयाँसम्म जरिवाना तिरेका छन् ।

धरौटिमा रिहा हुनेहरु :

१) पवित्रकुमार कार्की (२० लाख रुपैयाँ)

२) पवनकुमार गुप्ता (२० लाख रुपैयाँ)

३) इन्द्रबहादुर श्रेष्ठ (२० लाख रुपैयाँ)

४) श्रवणकुमार गोयल (२० लाख रुपैयाँ)

५) गेल्जे लामा (२० लाख रुपैयाँ)

६) सोहेल कार्की (२० लाख रुपैयाँ)

७) बुद्ध लामा (२० लाख रुपैयाँ)

८) रामकृष्ण केसी (२० लाख रुपैयाँ)

९) अशोक श्रेष्ठ (१९ लाख १० हजार रुपैयाँ)

१०) कृष्णहरी भण्डारी (१९ लाख ४० हजार रुपैयाँ)

११) धावा लामा (१६ लाख ५० हजार रुपैयाँ)

१२) होमप्रसाद चौलागाईं (६ लाख रुपैयाँ)

१३) श्यामप्रसाद पराजुली (९ लाख ५ हजार रुपैयाँ)

१४) साङ्बु शेर्पा (९ लाख ४० हजार रुपैयाँ)

१५) रञ्जन राजवंशी (८ लाख ९५ हजार रुपैयाँ)

१६) प्रेमथापा मगर (२ लाख ५० हजार रुपैयाँ)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata