सुडानमा एक मेजर सहित चार प्रदशर्नकारीको गोली हानी हत्या

मङ्लबार, बैशाख ३१, २०७६



खारतौम । अस्थायी सरकारमाथि सत्तारुढ जनरल तथा प्रदशर्नकारी बीच भएको शान्तीवार्ताको केहि समय नबित्दै सुडानमा आतंक मच्चिएको छ । राजधानी खारतौममा एक मेजर सहित चार जना प्रदशर्नकारीहरुको सोमबार गोली हानी हत्या गरिएको छ । साथै खारतौम स्थित  सेना मुख्यालयको बाहिर धर्ना दिइरहेका प्रदशर्नकारीहरु माथि अज्ञात समुहले अन्धाधुन्ध गोली चलाउँदा तीन सैन्य अधिकारी सहित थुप्रै प्रदशर्नकारीहरु गम्भीर घाइते भएका छन् ।

खारतौम स्थित महाअभियोग कार्यालयबाट प्राप्त जानकारी अनुसार राष्ट्रपति ओमर अल बसिरलाई अपदस्त गर्दै सेनाले ‘कू’ गरी सत्ता आफ्नो हातमा लिएको थियो।  जसका कारण बसिरको ३० वर्षीय कार्यकाल गत महिना( अप्रिल ११) मा अन्त्य भएको थियो ।

ओमरलाई हटाउन सेनाको सहयोग माग गरेका प्रदर्शनकारीले पछि भने सेनाकै विरोध गरेका थिए। सेनाले दुई वर्षसम्म सैन्य परिषदको सत्ता संचालन गर्ने घोषणा गरेपछि प्रदर्शनकारीहरुले सेनाले सत्ता जनतालाई दिनुपर्ने र निर्वाचन घोषणा गर्नु पर्ने भन्दै प्रदर्शन गर्दै आएका थिए।

अपदस्त गरिएका राष्ट्रपति बसिरविरुद्ध प्रदर्शनकारीहरुको हत्या गरेको अभियोग लगाइएको समाचार बाहिरिएपछि गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रदशर्नकारीहरुकै एक समुह ‘अलायंस फर  फ्रीडम एण्ड  चेन्ज ‘ को एक बयानअनुसार यस हमला भर्खरै सम्पन्न शान्तीवार्ता भंग गर्ने उद्देश्यले रचिएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank