भारतीय विदेश मन्त्री गोख्ले आज नेपाल आउँदै

बिहिबार, चैत्र १४, २०७५



काठमाडौं । चीन र अमेरिकाका लागि पूर्वरादजूत समेत रहेका भारतीय विदेश मन्त्रालयका सचिव विजयकुमार गोख्ले दुई दिने नेपाल भ्रमणका लागि आज(बिहिबार) काठमाडौं आउने भएका छन् ।

समकक्षी परराष्ट्र सचिव शंकरदास वैरागीको निमन्त्रणामा गोखले नेपाल आउन लागेका हुन् । गोखलेले नेपाल बसाइका क्रममा अरुण तेस्रो, पेट्रोलियम पाइपलाइन र रेलवे लगायतका विषयमा छलफल र वार्ता गर्ने साथै प्रधामन्त्री केपी शर्मा ओलीलगायत उच्च राजनीतिक दलका व्‍यक्तित्वहरुसँग पनि भेटघाट गर्ने  कार्यक्रम रहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ।

विदेश सचिवको जिम्मेवारी सम्हालेपछि गोख्ले पहिलो पटक नेपाल आउन लागेका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata