विद्युत् सर्ट हुँदा १ जनाको मृत्यु

शनिबार, बैशाख १४, २०७६



काभ्रे । बनेपा–७ मा गएराती घर ढलान गर्ने क्रममा विद्युत् सर्ट हुँदा १ जनाको मृत्यु भएको  छ । सुनकोसी–५, सिन्धुलीका ४० वर्षीय शङ्कर तामाङको घट्नास्थलमै मृत्यु भएको हो ।

धनेश्वरका रुपबहादुर आलेमगरको घरमा शुक्रबार राति ढलान गर्ने क्रममा मिक्सरमा करेन्ट सर्ट भएर लागेको करेन्टबाट तामाङको मृत्यु भएको नेपाल प्रहरीका डीएसपी दीपकुमार गिरीले जानकारी दिएका छन्  ।

मृतक तामाङको शव अहिले पोस्टमार्टमका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank