प्रधानमन्त्री ओलीले गरे दोस्रो पटक मन्त्रीसँग भिडियो कन्फ्रेन्स

मङ्लबार, भदौ १७, २०७६



काठमाडौं । उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रीसँग भिडियो कन्फ्रेन्स गरेका छन ।

स्वास्थ्य उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीले यस अघि भाद्र नौ गते मन्त्रीपरिषदको बैठकलाई भिडियो कन्फ्रेन्स मार्फत छलफल गरेका थिए । प्रधानमन्त्री ओलीको उक्त कन्फ्रेन्स माथि प्रतिपक्ष दलले भने वैधानिकता विपरित रहेको आरोप लगाएका थिए । सत्तापक्ष र प्रतिपक्षबीच उक्त कन्फ्रेन्सका विषयमा विवाद समेत देखा परेको थियो ।

प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोग गर्दै मन्त्रीपरिषदको बैठक भन्दै धन्यवाद ज्ञापन गरेका भएपनि सरकारका प्रवक्ता संञ्चारमन्त्री गोकुल बाँस्कोटाले कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक नबसिएको दाबी गरेका थिए ।

आजको बैठकका बारेमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले फोटो ट्वीट गर्दै लेखेका छन्, ‘सम्माननीय प्रम केपी शर्मा ओलीले सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधिमार्फत् आज दोस्रो चोटी आफ्नो क्याविनेटका सदस्यहरूसँग सरकारका कामको बारेमा छलफल गर्नु भयो। उहॉले आफ्नो उपचारबारे जानकारी दिनुहुने र मन्त्रीज्यूहरूले आफ्नो कामकाबारे प्रमलाई अपडेट गर्नुहुने योजना रहेको छ।’

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालकाे ट्वीट
rimal

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata