उपराष्ट्रपति कार्यालय प्रहरी तालिम केन्द्र सारिने

शुक्रबार, भदौ २२, २०७५



काठमाडौं । सरकारले उपराष्ट्रपति कार्यालयलाई महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्र भएको स्थानमा सार्ने भएको छ । मन्त्रीपरिषदको बिहीबार बेलुकी बसेको बैठकले प्रहरी तालिम केन्द्रलाई काभ्रेको पनौतीमा सारेर त्यहाँ उपराष्ट्रपति कार्यालय राख्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

राष्ट्रपति र उपराष्ट्रपति कार्यालय सँगै हुनुपर्छ भन्ने मान्यताका साथ यस्तो निर्णय गरिएको मन्त्री पण्डितले बताए। १८ महिना भित्र सबै व्यवस्थापन मिलाएर कार्यालय सारिने जानकारी उनले दिए। अहिले उपराष्ट्रपति कार्यालय कान्तिपथस्थित निर्वाचन आयोगकै भवनमा छ। सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले समाज कल्याण परिषदलाई समेत लैनचौरबाट हटाएर अन्यत्र व्यवस्थापन गर्ने निर्णय भएको कान्तिपुरलाई बताए।

मन्त्रीपरिषद बैठकले निजामती सेवा दिवासका दिन शुक्रबार पुरस्कृत हुने ४० जना निजामती कर्मचारीको नाम समेत टुंगो लगाएको छ। देशभरका करिब ९० हजार निजामती कर्मचारीबाट ४० जना उत्कृष्ट कर्मचारी छनोट गरिएको हो। दुई लाख रुपैयाँको सर्वोत्कृष्ट निजामती पुरस्कारका लागि भने सरकराले यो वर्ष पनि योग्य कर्मचारी भेट्न नसकेको मन्त्री पण्डितले बताए।

मन्त्री पण्डितका अनुसार पुरस्कृत हुने ४० मा ५ जना सहसचिव छन्। अरु उपससिचव, अधिकृत, नासु र श्रेणीविहिनसम्म छन्।आदिवासी, जनजाती, मधेसी, मुस्लिम, महिला, दलित, पिछिडिएको क्षेत्रबाटसमेत कर्मचारी छनोट गरिएको मन्त्री पण्डितले बताए। कान्तिपुरबाट

217 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank