अध्यक्ष प्रचण्डले लिए पूर्वप्रधानमन्त्रीद्वय माधव र झलनाथसँग परामर्श

शुक्रबार, फाल्गुन १६, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपां)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र झलनाथ खनालसँग  परामर्श लिएका छन ।

शुक्रबार बिहान अध्यक्ष प्रचण्डले नेकपा सचिवालयको निर्णयका सन्दर्भमा अलग अलग परामर्श लिएका हुन । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लिने पार्टी सचिवालयको बैठकको निर्णय प्रधानमन्त्री ओलीले अस्विकार गर्ने बताएसँगै चुलिदै गएको बिबाद समाधानका लागि प्रचण्डले परामर्श गरेको बताइएको छ ।

छलफलमा पार्टी सचिवालय बैठकको निर्णय अनिवार्य कार्यानवयन गर्न नभए पार्टी दुर्घटनामा पर्ने स्रोतले जनाएको छ । खुमलटारको बैठक सकेर चितवन पुगेका प्रचण्डले वामदेवलाई राष्ट्रियसभा पठाउने निर्णय सर्वसम्मत भएकोले यसको कार्यान्वयनको विकल्प नरहेको बताएका छन्।

खुमलटारमा डाकिएको बैठकमा वामदेव गौतम भने स्वास्थ्यका कारण उपस्थित भएनन्।गौतमकै निवास भैंसेपाटीमा शुक्रबार पार्टी महासचिव विष्णु पौडेल र वामदेवबीच कुराकानी भएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments