सभामुख छनाेटमा सकस, दुई अध्यक्षबीच भेटवार्ता

सोमवार, पुस ७, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  रिक्त रहेकोे सभामुख कसलाई बनाउने भन्ने विषयमा अध्यक्षद्वयबीच भेटवार्ता भएको नेकपाले जनाएको छ ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाएर सभामुख पद नेकपाले लिने पक्षमा रहेकाले सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ दल भित्र सकस देखा परेको छ । तत्कालिन नेकपा एमालेबाट पूर्व सभामुख सभामुख सुभासचन्द नेम्वाङ, शिवमाया तुम्बाहाम्फेको नाम चर्चामा रहेको छ भने पूर्व माओवादीबाट अग्नी साप्कोटा,देव गुरुङ र पम्फा भुसालको नाम चर्चा आएको छ । सभामुख चयन प्रक्रियाको मिति पुस ११ गते तोकिएकाले नेकपा भित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा छलफलका लागि ओली प्रचण्डको भेटवार्ता भएको नेकपाले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments