प्रधानसेनापति र अमेरिकाको सहायक रक्षामन्त्री बीच शिष्टाचार भेटवार्ता

बिहिबार, मंसिर १९, २०७६



काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र संयुक्त राज्य अमेरिकाको सहायक रक्षामन्त्री Mr. Randall G. Schriver बीच शिष्टाचार भेटवार्ता भएको छ ।  विहिबार उनीहरुबीच जंगी अड्‍डामा शिष्टाचार भेटवार्ता  भएको हाे ।

उक्त भेटवार्तामा उनीहरुबीच बीच नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता, विश्‍व शान्ति स्थापनाका लागि नेपाली सेनाको भूमिका तथा नेपाली सेनालाई अमेरिकी सहयोग सम्बन्धका विषयमा छलफल भएको  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।

यस किसिमको भेटघाट कार्यक्रमले नेपाली सेनाको विश्‍व शान्ति स्थापना कार्यमा थप टेवा पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments