प्रधानमन्त्री ओली र शेखर कोइरालाबीच भेटवार्ता

प्रधानमन्त्रीकाे राजीनामा माग

बिहिबार, फाल्गुन १५, २०७६



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
बिहीबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा भएको भेटमा  नेता कोइरालाले प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिए ।

सरकार पछिल्लो समय भ्रष्टाचार, अनियमितता लगायतका कुरामा डुबेको भन्दै नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले दिएका छन् ।

भेटमा कोइरालाले भने,दुई तिहाइको सरकारले काम गर्ने अवसर पाउँदा पनि केही गर्न सकेको छैन। पार्टीभित्र विवाद चुलिँदै गएको छ।अब तपाईँले राजीनामा दिएर सबै पार्टीलाई मिलाएर अगाडि लैजानुको विकल्प छैन। त्यसमा प्रतिपक्षी दलको सहयोग रहनेछ। कोइरालाको भनाई उदृत गर्दै थपलियाले भने । कोइरालाको कुरा सुनेर प्रधानमन्त्री ओलीले भने राजीनामा माग्नु त प्रतिपक्षको धर्म नै हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments