उपराष्ट्रपति पुन र चिनियाँ राजदुत यू होङबीच भेटवार्ता

बुधबार, मंसिर १९, २०७५



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि चिनियाँ राष्ट्रपति यू होङबचि शिष्ट्राचार भेटवार्ता भएको छ । बुधबार बिहान उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत होङले उपराष्ट्रपति पुनसँग बिदाइ भेट गरेकी हुन्।

भेटका क्रममा दुई देशबीचको आपसी हितका बारेमा छलफल भएको जनाएको छ । नेपाल चीनबीच पारिवारिक नाताको सम्बन्ध रहेको बताउँदै उपराष्ट्रपतिले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनमा राजदूत होङले महतवपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए ।

भेटमा राजदूत होङले नेपाल विकास र समृद्धिको यात्रामा अगाडि बढेको देख्दा चीन अत्यन्त खुशी रहेको बताएकी थिइन् ।

69 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank