द्वन्दकालिन मुद्धा टुग्याउने विषयमा प्रधानमन्त्री, प्रचण्ड र देउवाबीच भेटवार्ता

सोमवार, कार्तिक ४, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा द्वन्दकालिन मुद्धाहरु टुङ्ग्याउने विषयमा छलफल भएको छ । सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग नेतृत्व छान्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जनाएका छन ।

बैठकले ठोस निर्णय हुन नसकेको र विवादित विधेयकका बारेमा समेत छलफल भएको नेता नेम्वाङले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata