नेकपा सचिवालय सदस्यसँग सीले गरे सामूहिक भेटवार्ता

आइतवार, अशोज २६, २०७६



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारुढ दल नेकपा सचिवालयका सदस्यहरुसँग सामूहिक भेटवार्ता गरेका छन ।

सचिवालय सदस्यहरूले आइतबार बिहान १० ३० बजेदेखि होटल सोल्टीमा सामूहिक भेटघाट गरेका हुन् । सीलाई भेट्न उनीहरु सोल्टी होटल पुगेका थिए ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय सदस्यहरू र राष्ट्रपति सीबीचको भेटवार्तामा कम्युनिष्टपार्टीबीचको सम्बन्धका विषयमा छलफल भएको जानकारी दिए । सचिवालय सदस्यहरूसँगको भेटवार्ता सकिएपछि राष्ट्रपति सी र अध्यक्ष प्रचण्डबीच वान टु वान भेटवार्ता छलफल समेत भएको प्रवक्ता श्रेष्ठले जनाएका छन ।

/fi6«klt ;L;Fu g]skfsf cWoIf sf7df8f}F, @^ c;f]h -/f;;_ lrlgofF /fi6«klt ;L lrglkmª;Fu cfOtaf/ xf]6n ;f]N6Ldf g]kfn sDo'lgi6 kf6L{sf cWoIf k'iksdn bfxfn e]6jftf{ ug'{x'Fb} . t:jL/ M k|bLk/fh jGt

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata