प्रहरी चौकीमा भएको दङ्गा र आगलागीको घटनामा परि कम्तीमा ६८ को मृत्यु

बिहिबार, चैत्र १५, २०७४



काठमाडौं । भेनेजुएलाको भ्यालेन्सिया शहरस्थित एउटा प्रहरी चौकीमा भएको दङ्गा र आगलागीको घटनामा कम्तीमा ६८ जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन्।

राज्यका प्रमुख अभियोजनकर्ता तारेक साबले घटनाबारे तत्काल छानबिन शुरू गरिने बताए । बुधवार थुनुवाहरूले भाग्ने प्रयासमा म्याट्रेसहरूमा आगो लगाएपछि आगलागी शुरू भएको विवरणमा जनाइएको छ।

आगलागीको खबरपछि प्रहरी चौकीको चारैतिर भेला भएका थुनुवाका आफन्तहरूलाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो ।  घटना भएको काराबोबो राज्यका एकजना अधिकारीले आगलागीको घटनापछि एक प्रहरीलाई गोली हानिएको र अहिले स्थिति नियन्त्रणमा रहेको बताए।

थुनुवाका आफन्तहरूले धूँवाले निसासिएर धेरैजनाको ज्यान गएको बताएका छन् । मृत्यु हुनेमा थुनुवाहरूलाई भेट्न गएका महिला तथा बालबालिका पनि छन्। कैदीहरूले खचाखच भेनेजुएलाका जेलहरूमा हिंसा र हिंसात्मक झडपहरू प्रायः भइरहन्छन्।
बीबीसी

109 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank