भेनेजुएलामा गहिरो आर्थिक संकट: हजारौ मानिस पेरु पलायन

आइतवार, भदौ १०, २०७५



भेनेजुएला । भेनेजुएलाको गहिरो आर्थिक संकटबाट पार पाउन दैनिक रुपमा हजारौ मानिस पेरु पलायन भएका छन् । पेरु सरकारले भेनेजुएलाका नागरिकलाई आफ्नो मुलक प्रवेश गर्न शनिबार देखी नयाँ नियम लागु गरेको छ ।

विगतमा राष्ट्रिय  परिचयपत्रलाई मान्यता दिदै पेरु प्रवेश गर्न दिएकाेमा  शनिबारदेखी राहदानी अनिवार्य गरेको छ । यद्दपी बालवालिका ,बृद्ध तथा गर्भवती महिलाको हकमा लचिलो नीति अपनाइने जनाएको छ ।

भेनेजुएलाको राजनैतिक अस्थीरता र आर्थिक पतनबाट बच्नका लागि मानिसहरु इक्वेडर,पेरु,कोलम्बीया र ब्राजिल जान हतारिएका छन् । मुलककाे मुद्रा स्र्फीती र सार्वजनिक सेवाहरुबाट हतास माानिसहरु सिमा क्षेत्रमा अलपत्र बन्दैछन् ।

041b1460966046a38db27373bc158db9_18

जसको कारण इक्वेडरको न्यायाधीशले पासपोर्ट नियम फिर्ता लिएका छन् । सन् २००२ देखी कच्लटीएको राजनैतिक झगडाले असली रुप देखाउदा दिन प्रतिदिन मुलुक छोड्नेहरुको संख्या बढिरहेको थियो । सन् २०१५ देखी अपत्यारिलो ढंगबाट हरेक तप्काका मानिसहरु सुरक्षित भविष्य काे निम्ति मुलुक छोड्न बाध्य हुँदै छन् ।

हाल दैनिक रुपमा करिब ४ हजार व्यक्तिहरु हजारौ किलोमिटर पैदल यात्रा गर्दै छिमेकी देशहरुमा शरण लिदैछन् । फलस्वरुप भेनेजुएलाकाे अार्थिक सकट  छिमेकी मुलकहरुको ठाउको दुखाई बन्दैछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata