अबैध नाकाबाट २ करोड ८ लाख मुल्यको सामग्री भित्रियो

मङ्लबार, बैशाख ३१, २०७६

- लक्ष्मी जैसी



कैलाली । कैलालीमा भन्सार छलि गरेका घटना बढ्दै गइरहेका छन् । चालु आर्थिक वर्षको १० महिनामा २ करोड ८ लाखका सामाग्री लिलाम गरी त्रिनगर भन्सार कार्यालयले १ करोड १९ लाख राजश्व सङ्कलन गरेको छ ।

गत वर्ष ३ सय ६५ भन्सार छलिएका सामाग्री  मुद्दा रहेकोमा यो वर्ष दोब्बरले वृद्धि भई ६ सय ९७ पुगेको छ । चैत्र मसान्त सम्म ३ अर्ब ७६ करोड सङ्कलन गर्ने लक्ष्य रहे पनि राजश्व सङ्कलन भने ३ अर्ब ६५ करोड देखिएको छ ।

हार्डवेयर, लुगा कपडा र सवारी साधन भन्सार छली ल्याइने गरेको प्रमुख भन्सार अधिकृत ईश्वरी अर्यालले बताए । यो अवधिका भन्सार कार्यालयको सक्रियतामा ८, सशस्त्र प्रहरीले ३ सय ६८ र जनपद प्रहरीले १ सय ४५ मुद्दा दर्ता गरेका छन् । भन्सारमा कडाइ र प्रहरीको सक्रियताका कारण छलिएका घटना सार्वजनिक हुन थालेको अर्यालको भनाई छ ।

गत वर्षको तुलनामा यो वर्ष कार्यालयको राजश्व सङ्कलन समेत बढेको छ । चैत्र मसान्त सम्म ३ अर्ब ७६ करोड सङ्कलन गरिसक्ने लक्ष्य रहे पनि राजश्व सङ्कलन भने ३ अर्ब ६५ करोड अर्थात् ९७ प्रतिशत प्रगति देखिएको छ ।

यही समयमा गत वर्ष २ अर्ब ८८ करोड रहेको थियो । वार्षिक लक्ष्यको ७० प्रतिशत मात्रै राजश्व सङ्कलन देखिए पनि असार मसान्त सम्म लक्ष्य अनुसारको राजश्व सङ्कलन भइसक्ने प्रमुख भन्सार अधिकृत ईश्वरी अर्यालले दाबी गरे ।

सुदूरपश्चिमको प्रमुख नाकाका रूपमा लिइने गरेको त्रिनगर भन्सार नाकाबाट वर्षेनी पेट्रोलियम पदार्थ, बिस्कुट, सुर्ती, दालमोठ भुजिया, ट्रयाक्टर, चामल ठुलो मात्रामा आयात भइरहेको छ ।

राजश्व सङ्कलन लक्ष्यको नजिक देखिए पनि लक्ष्य अनुसारकै राजश्व सङ्कलन भने देखिएको छैन । कार्यालयले लक्ष्य अनुसारको राजश्व सङ्कलन गर्न भन्सार जाँचमा सहज, मालबस्तुको यथार्थपरक मूल्याङ्कन तथा वस्तु वर्गीकरण, यात्रु जाँचपासमा कडाइ, चोरी – निकासी नियन्त्रण तथा गस्ती बढाउन जरुरी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank