प्रेम दिवसमा एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैमा

मङ्लबार, फाल्गुन १, २०७४



काठमाडौँ । केएल मोबाइल हबले एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफर सहित १५ दिने मोबाइल मेला सुरु गरेको छ । सोही अवसरमा सिटिभि मोबाइल न्यूरोड, एप्पल वल्र्ड दरबारमार्ग, द वल्र्ड भिजन सिटिसी मल र के एल मोबाइल हबमा सञ्चाल गरिएको दशैं तिहारको उपहार योजनाका विजेताहरू समेत घोषणा गरिएको छ ।

मेलाको सुरुवात गर्दै मोबाइल हबले दशैं तिहारमा सञ्चालन भएको उपहार कार्यक्रमका विजेताहरुको गोला प्रथा खोलेको छ । चाबहिल चुच्चेपाटीस्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहित अफर भित्र पनि अफर नामको मोबाइल मेला आयोजना गरेको हो ।

फेब्रुअरी १३ देखि १५ दिनसम्म चल्ने मोबाइल मेलामा मोबाइल खरिद गर्नेले एउटा मोबाइल किन्दा सित्तैंमा अर्को एउटा मोबाइल पाउने छन् । यसका साथै हात खाली नजाने उपहारहरू पनि ग्राहकलाई मोबाइल हबले बितरण गर्नेछ ।

मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन प्रदान गर्ने जनाएको छ ।

125 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank