भ्यालेन्टाइन विशेष: प्रेम र जीवन

मङ्लबार, फाल्गुन १, २०७४



सीता ओझा
अध्यक्षः महिला अध्ययन केन्द्र
तिमी मसगँ पटक–पटक लच्कियौ मैले पनि लाछिदिएँ
मैले फेरि छच्लकिएको मौका हेरि तिमीलाई पोखिदिँए

तिमी हर चिजमा आधा थियौ मैले त्यसलाई भरीदिएँ
तिमी भरी हुँदा मैले खाली गरेँ खालीलाई फेरि भरीदिएँ

तिमी त थुप्रिएको गजधमको ठिस्को थियौ
मैले पनि आँगनमा विस्कुन पारि सुकाइदिएँ

तिमी तिम्रो जीवनमा यौवनको काँच थियौ
त्यसैले मैले भावनामा सहकार्यको साथ दिएँ

तिमी पनि तिमी भित्रैको प्रेमको दोसाँधमा थियौ
मौका हेरि मैले मेरो प्रेम भावनाको रापले सेकिदिएँ

म पनि त तिम्रो कुराले अल्मलिएँ र अतालिएँ
तिम्रो सरलताले कताकता मन पनि बरालिदिएँ

तिमीले मसगँ भाव खोज्यौ मैले फेरि नाता सोधें
अन्दाज अन्दाजमै हामीले सम्बन्धको रेखि खेज्यौ

मचाहिँ हाम्रो मिलनको पर्खाइ कुरि हेरिरहेँ
अदृष्य सजिव अनुभुतिको स्पर्षमा मख्ख परें

तिम्रो हेराइमा मायाप्रेमको खोज थियो
मेरो बुझाईमा दुई परिवारको मेल थियो

हाम्रो मित्रतामा पनि अनगिन्ती बाधा थिए
मित्रताको साथभित्र विश्वासका भाव थिए

हाम्रो सहकार्यमा सरलताको पहिचान थियो
नअल्मलिने विश्वास एकअर्काको सार थियो

नलत्याउने, नकोट्याउने, नभावमा रित्याउने
सहकार्यमा जीवन जिउने परिवारका मत थिए

हामी अनेकताभित्र एक पार्ने सपनाले मख्ख थियौं
त्यसैले सौहाद्रताको दियोसगै भावनाको मियो गाड्यौ

गाँसिएको हाम्रो त्यो नातासम्बन्धको छाल थियो
खुसिसँगै परिवार विच सहकार्यको अनुराग थियो

जोडिएको नातारगतको सँगै भावनाको मेल थियो
समझदारी र विश्वासमा जिउने हाम्रो साझा यात्रा बन्यो

1119 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank