प्रेमलाई यसरी व्याख्या गरेका छन् ओशोले

बुधबार, फाल्गुन २, २०७४



काठमाडौं। फेब्रुवरीलाई प्रेमिल जोडीहरुको महिनाको रुपमा लिने गरिन्छ । प्रेमी प्रेमिकाहरुप्रति समर्पित यो महिनामा प्रेमी जोडीहरुले एकअर्कासँग माया र विभिन्न संकल्पहरु साट्छन् । एक अर्कालाई उपहारहरु दिएर खुशी राख्ने प्रयास गर्छन् ।

वास्तवमा प्रेम एउटा अनुभूति हो जसलाई शब्दमा बयान गर्न सकिदैन । सदगुरु ओशोले प्रेमका बारेमा यसरी व्याख्या गरका छन् । जुन कुरा थाहा पाउन हरेक प्रेमीहरुलाई अत्यावश्यक छ । सदगूरु ओशोको प्रेमप्रतीको धारणा यस्ता छन् ।

१. यी कुराहरुले कुनै महत्व राख्दैनन् कि तपाई कोसँग, कहाँ, किन, कहिले र केका लागि प्रेम गर्नुहुन्छ महत्व राख्ने कुरा त मात्र यति हो कि तपाई प्रेम गर्नुहुन्छ ।

२. प्रेम एकपक्षीय हुन्छ, जो सधैं स्वतन्त्र रहन मनपराउँछ । जसलाई बढ्नका लागि पुरा आकाशको जरुरी हुन्छ ।

३. यो संसारमा मित्रता नै साँचो प्रेम हो । मित्रताको भाव प्रेमको सर्वोच्च रुप हो । जहाँ केहि कुराको माग गरिदैँन, कुनै शर्तहरु राखिदैँन मात्र प्रेम पोखिन्छ ।

४. यदि तपाई प्रेमले र प्रेमको साथमा बाँच्नुहुन्छ भने त्यो नै महान् जिन्दगी हो, किनभने प्रेमले जीवनलाई महान् बनाउँछ ।

५. प्रेमको सर्वश्रेष्ठ सिमा पूर्ण स्वतन्त्रता हो, कुनै पनि सम्बन्धहरु टुक्रिनुको मुख्य कारण स्वतन्त्रतामाथि बन्देज हुनु नै हो ।

६. प्रेम एउटा मादक वस्तु हो । प्रेमीहरुले त्यसको स्वाद लिनुपर्छ, त्यसलाई पिउनुपर्छ, त्योभित्र पूर्णरुपमा डुब्नुपर्छ । तबमात्र प्रेम कस्तो वस्तु हो भनि तपाई थाहा पाउन सक्नुहुन्छ ।

७. मित्रता एउटा चोखो प्रेम र प्रेमको सबैभन्दा उच्चस्तर हो । मित्रतामा कुनैपनि परिस्थितको लागि कसैसँग कुनै आज्ञा लिइदैन । यसमा केवल एकअर्कालाई खुशी भएको देख्ने चाहाना राखिन्छ ।

८. जब तपाई प्रेमको योजना बनाउन शुरु गर्नुहुन्छ, जब तपाईको पूर्ण ध्यान त्यसमा लाग्छ तब यो झूटो र पाखण्डी बन्छ ।

९। प्रेममा सबैभन्दा ठूलो प्रश्न कति पाउन सकिन्छ भन्दा पनि कति भुलाउन सकिन्छ भन्ने हो ।

१०. प्रेम तब साँचो हुन्छ जब कोही पनि एकअर्काको व्याक्तिगत मामिलाम हस्तक्षेप गर्दैन । प्रेममा एकअर्काप्रति सम्मानको भाव हुनु आवश्यक छ ।

169 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank