भाइबहिनी नहुनेहरुको रानीपोखरीमा सामूहिक भाइटिका

मङ्लबार, कार्तिक १२, २०७६



काठमाडौं । यमपञ्चको पाँचौ दिन आज भाइटिका लगाइदैछ । निकै हर्ष र उल्लासका साथ मनाइने रंगहरुको पर्व भाइटिकामा दिदिबहिनीको हातबाट सप्तरंगी टिका लगाइने गरिन्छ ।

भाइटिकाको अवसरमा दिदिबहीनीहरुले भाइहरुलाई सप्तरंगी टिका,माला लगाइदिने गर्छन भने भाइहरुले गच्छ्य अनुसारको दक्षिणा, लुगाकपडा लगायतका उपाहार दिने गर्छन । तर भाइबहिनी नहुनेहरु भने रत्नपार्क स्थित रानीपोखरीमा भेला भएर सामूहिक भाइटिका मनाउने प्रचलन समेत रहेको छ ।

रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर २०७२ सालको भूकम्पका कारण भत्किएको र पुनर्निर्माण सम्पन्न नभइसकेकाले मन्दिरको मूर्ति बाहिरै टीका लगाइँदै छ ।

मन्दिरको पश्चिम ढोका बाहिर मूर्ति राखेर पूजाआजा गर्ने र भाइटीका लगाउने व्यवस्था मिलाएको पुर्ननिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार टिका विहान सात बजे देखि साँझ साढे सात बजे सम्म लगाउने गरि व्यवस्था मिलाएको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata