नेपाली कांग्रेस भक्तपुर क्षेत्र- १ का उम्मेदवार भडेललाई मातृशोक

आइतवार, मंसिर १, २०७६

काठमाडौं । आगामी मंसिर १४ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट भक्तपुर जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र- १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं- १ का प्रदेश सभा सदस्य पदका उम्मेदवार कृष्णलाल भडेललाई मातृशोक परेको छ ।

 ८६ वर्षीया सेतीमाया भडेलको आज विहान ५ बजे मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसले जनाएको छ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  भडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन । सभापति देउवाले मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकको आत्मा प्रति   चीर शान्तिको कामना गरेका छन । साथै  कांग्रेस पार्टीले एक विज्ञप्ती जारी गर्दै दुख व्यक्त गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata