भक्तपुर क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्यमा कांग्रेसका भडेल विजयी

आइतवार, मंसिर १५, २०७६



काठमाडौं । गत शनिबार सम्पन्न उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । प्रतिनिधि सभा, प्रदेशसभा र स्थानिय तहका रिक्त क्षेत्रहरुमा सम्पन्न उपनिर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ ।

सोहि क्रममा भक्तपुर क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएका छन ।  कांग्रेस उम्मेदवार  भँडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत प्राप्त गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata